गृहमन्त्रीसामु आईजीपीले गरे आफ्नो बचाउ
काठमाडौं, जेठ १० । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको नाम मुछिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई भेटेका छन् ।
भेटमा गृहमन्त्री श्रेष्ठले आईजीपीसँग उनको नामसमेत जोडिएकामा जिज्ञासा राखेका छन् । उनले आईजीपीको नामसमेत मुछिनु गलत भएको भन्दै कुँवरलाई त्यसपछाडिको कारण सोधेका छन् ।
आईजीपी कुँवरले भने बाहिर आएका हल्लामा कुनै सत्यता नरहेको भन्दै आफ्नो बचाउ गरेका छन् । यद्यपि गृहमन्त्री श्रेष्ठले उनीसामु असन्तुष्टि पोखे ।
अनुसन्धान प्रतिवेदनभित्रका सक्कल कागजातहरु अभियोगपत्र दायर नहुँदै सार्वजनिक भएको विषयमा उनले आईजीपीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार