तरुण दलमा कुन गुटका काे–को अाए ?


 


tarun-dalकाठमाडौँ, मंसिर १

नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेबाट सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको हाे ।

नेतालेहरूले भागबन्डा गरी पदाधिकारी चयन गरेका हुन् । उपाध्यक्षमा उत्तम चापागाइँ, महामन्त्रीमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भएका छन् ।

अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट हुन भने उपाध्यक्ष चापागाइँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् । त्यस्तै महामन्त्री शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन भने कोषाध्यक्ष पार्टी नेता खुमबहादुर खड्का निकट हुन् ।

संशोधित विधानअनुसार कुल ९५ सदस्य रहने समितिका अन्य सदस्यको नामावली निर्देशन समितिको अर्काे बैठकले काठमाडौँमा तय गर्ने भएकाे छ ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्