नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमीलाको शपथ आज


 


काठमाडौं, जेठ १०
नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीले आज शपथग्रहण गर्दैछन् ।

राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ९ः५० मा शपथग्रहणको कार्यक्रम राखिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका हुन् ।

११औं पटकको विस्तारसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। योसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन् ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्