बजेट अभावमा नेपालले एएफसी यू–२३ एसियन कप गुमायो


 


काठमाडौं, जेठ ८ । नेपाली राष्ट्रिय यू–२३ पुरुष फुटबल टिमले एएफसी यू–२३ एसिया कप छनोटमा सहभागिता नजनाउने निश्चित भएको छ । सन् २०२४ को अप्रिल १५ देखि मे ३ तारिखसम्म कतारले आयोजना गर्ने एएफसी यू–२३ एसियन कपका लागि यही वर्षको सेप्टेम्बर ४ देखि १२ तारिखसम्म छनोट आयोजना हुँदैछ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले यू–२३ एसियन कप छनोटका लागि कतारबाहेक खेल्ने ४३ देशको नाम सार्वजनिक गरेको छ । एएफसीले छनोट खेल्न चाहेको ४३ देशको नाम सार्वजनिक गरेको छ । छनोटका लागि एएफसीले आउँदो बिहीबार ‘ड्र’ गर्दैछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव किरण राईले पनि नेपालले छनोट नखेल्ने पुष्टी गरे । एएफसी छनोट खेल्न एन्फाले आफ्नै खर्चमा टिम पठाउनुपर्ने भएका कारण नेपालले छनोट नखेल्ने उनले बताए । उनले छनोट खेल्नका लागि राष्ट्रिय टिम पठाउन एन्फासँग पर्याप्त बजेट नभएको समेत बताए ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्