लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै
लुम्बिनी, जेठ ८
लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै छ ।
रिक्त रहेका ६ मध्ये दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो । आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या थपघट नगर्ने र राज्यमन्त्री पनि नराख्ने निर्णय गरेको छ ।
उसका कारण चार रिक्त मन्त्रालयमा आज दुई जनालाई मन्त्री बनाउने तयारी भएको हो । कांग्रेसबाट राजु खनाल र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्दै छन् ।
दुई मन्त्री थपिए पनि लुम्बिनी सरकारले पूर्णता पाउने छैन । कांग्रेस र माओवादीबाट दुई–दुई मन्त्री नियुक्त हुन बाँकी छन् ।
प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार