बझाङमा हिमपहिरोमा परेर तीनजना बेपत्ता
काठमाडौं, जेठ ७ । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका तीनजना बेपत्ता भएका छन्।
आइतबार बझाङको सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परेर दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हिमपहिरोमा परेर अन्य दुईजना घाइते भएका छन्।
विकट क्षेत्र भएकाले थप विवरण आउन नसकेको र उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ। सोही पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे जानकारी दिएका थिए।
खबर पाएलगत्तै जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। स्थानीयका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पैदलबाट त्यहाँ पुग्न डेढ दिन लाग्छ।
प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार