सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौँ, जेठ ७
सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ ।
आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ आफ्नो धारणा राख्न कार्यसूची छ । जसअनुसार सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले धारणा राख्ने छन् ।
यसैगरी, राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले धारणा राखिसके पछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।
प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार