गेटा विश्वविद्यालय यसैवर्षदेखि सञ्चालनमा ल्याइने
काठमाडौं, जेठ ५ । गेटा विश्वविद्यालयलाई यसै वर्षदेखि सञ्चालनमा ल्याइने भएको छ ।
सरकारको तर्फबाट आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गेटा विश्वविद्यालयलाई यसैवर्षदेखि सञ्चालनमा ल्याइने जानकारी दिए । त्यसका लागि गेटा विश्वविद्यालय सम्बन्धी विधेयक यसै संसद अधिवेशनमा पेश गरिने उनले बताए ।
प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार