फिल्म अग्नीदहनको छायांकन समाप्त
काठमाडौं, मंसिर १
फिल्म अग्निदहनको छायांकनको काम सकिएको छ ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को निमार्णमा निर्माण गरिएको यो फिल्म सामाजिक सचेतना र शिक्षा मुलक सन्देश प्रवाह गर्ने उद्देश्यले निमार्ण गरिएको प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्यायले जानकारी दिए ।
उनका अनुसार यो फिल्मसँगै प्रतिष्ठानले आगामी १५ बर्ष भित्र नेपालबाट बोक्सा बोक्सी प्रथाको उन्मुलन गर्ने लक्ष्य लिएको छ ।
घनश्याम लामिछानेद्धारा निर्देशित यो फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमिला तुलाचन, तुलशा जिसि, अनुपमा भण्डारी, नविन घायल लगायत कलाकारहरूको भूमिका रहेको निर्देशक लामिछानेले जानकारी दिए ।
प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार