संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेल


 


काठमाडौं, जेठ ५
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै छन् ।

संसद् भवन (नयाँबानेश्वर) मा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो । संघीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने संघीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्