भाेजपुरकाे कुन गाउँपालिकाकाे केन्द्र कहाँ ?


 


bhojpurकाठमाडाैं, मंसिर १

दोभाने, खाटाम्मा, चौकिडाडा र कुलुङ गाविस योगमाया गाउँपालिकामा रहने छन् भने यसकाे केन्द्र चाैंकीडाँडा पखुमटार/तिनतामा मा रहने प्रस्ताव गरिएकाे छ ।

कुदाककाउले, नेपालेडाडा, केउरेनीपानी, मुलपानी, तुङ्गेछा किमालुङ्ग, खार्ताम्छा, साङ्गपाङ्ग, देउराली र वोया गाविस षडानन्द नगरपालिकामा रहने छन् यसकाे केन्द्र साविककै ठाउँमा रहने छ ।

चम्पे, याङ्गपाङ्ग, प्याउली, चरम्वी, जरायोटार र याकु गाविस अरुण गाउँपालिकामा रहने छन् यसकाे केन्द्र भने प्याउलीमा रहने छ ।

श्यामशिला, तिवारीभञ्ज्याङ्ग, च्याङ्ग्रे,सानोदुम्मा, ठूलोदुम्मा र वास्तिम गाविस पौवादुम्मा गाउँपालिकामा रहनेछन् यसकाे केन्द्र च्यांग्रेमा रहने छ विकल्पमा भने तिवारीभन्ज्याङ पनि राखिएकाे छ ।

भोजपुर नगरपालिका, हेलौछा, आम्तेक, सिद्धेश्वर र गुप्तेश्वर गाविस भोजपुर नगरपालिकामा रहनेछन् यसकाे केन्द्र साविककै नगरपालिकामा रहने छ ।

तिम्मा, छिनामखु अन्नपूर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क ट्याम्केमैयुङ गाउँपालिकामा रहने छन् यसकाे केन्द्र भने अन्नपूर्णमा रहने त तर लेखर्क, गाेगने, काेट र खावा गाविसलार्इ छुट्टै सिक्तेल गाउँपालिका बनाउन प्राविधिक समितिले सिफारिस गरेकाे छ ।

दलगाउ, भूल्के, ओख्रे, धोद्लेखानी मानेभञ्ज्याङ्ग, वैकुण्ठे र वासिखोरा रामप्रसाद गाउँपालिकामा रहने सिफारिस गरिएकाे छ यसकाे केन्द्र बैकुण्ठे ताेकिएकाे छ विकल्पकाे रूपमा भूल्के केन्द्र रहने सिफारिस गरिएकाे छ ।

यूँ, वासिङ्गथपु थिदिखा, पावला बालांखा, पांचा, दुम्माना र देवानटार आमचोक गाउँपालिकामा रहने भएका छन् यसकाे केन्द्र बालंखा रहने छ ।

रानीवास, होम्ताङ्ग, सिन्द्राङ्ग, खैराङ्ग, पात्लेपानी र हसनपुर गाविस हतुवागढी गाउँपालिकामा रहने छ भने यसकाे केन्द्र घाेरेटार रहने गरी स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयाेग समिति भाेजपुरले पुर्नसंरचना अायाेग काठमाडाैंमा सिफारिस गरेकाे छ ।

भाेजपुरकाे कुन गाविस कुन गाउँपालिकामा गाभिने भए ?

यस्ताे बन्याे भाेजपुरकाे स्थानीय तह पुर्नसंरचना

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्