कर्नाटकको मुख्यमन्त्रीमा ७५ वर्षीय सिद्धारमैया


 


काठमाडौं, जेठ ४ । भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीमा सिद्धारमैया नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

भारतीय राष्ट्रिय कंग्रेसकाअध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउने सहमति भएको हो ।

इन्डियन एक्सप्रेसका अनुसार कंग्रेसका प्रदेश अध्यक्ष डिके शिवकुमार उपमुख्यमन्त्री बन्नेछन् । सुरूमा उनले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

कंग्रेसको संगठन बनाउन र पार्टीलाई आर्थिक स्रोत जुटाउन शिवकुमारले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ शनिबार मध्याह्न साढे १२ बजे हुने बताइएको छ ।

एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा कर्नाटकामा कंग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । २२४ सदस्यीय विधानसभाको १३६ सिट जित्दै कंग्रेसले एकल सरकार बनाउन लागेको हो ।

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्