अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री वाट्स नेपालमा


 


काठमाडौं, जेठ १ । अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स, एमपि, भ्रमणका क्रममा क्रममा आज काठमाडौँ आइपुगेका हुन् ।

दुई दिने भ्रमणका क्रममा सहायक मन्त्री वाट्सले प्रधानमन्त्री पुष्प कमल दाहालसँग र परराष्ट्रमन्त्री एनपी साउँदसँग शिष्टाचार भेट गर्नेछन् । उनले भेटमा अष्ट्रेलियासंगको सहकार्य, ६३ बर्ष भन्दा पुरानो दौत्य सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धको बारेमा छलफल गर्नेछन् ।

अष्ट्रेलियामा नेपाली समुदाय सबै भन्दा चाँडो बढिरहेको आप्रवासी जनसंख्या भएको छ र हाल करिब १३०,००० जना नेपालीहरू अष्ट्रेलियामा बसोबास गर्दछन् ।

भ्रमण कार्यक्रमको मुख्य आकर्षणका रुपमा ई.सं १३औं शताव्दीको पाटनको सुलीम टोल स्थित रत्नेश्वर मन्दिरको टुँडाल समुदायलाई फिर्ता गर्न पाटन संग्राहालयमा आयोजना हुने कार्यक्रममा सहायक मन्त्री वाट्स सहभागी हुनेछन् । उनी यस्तै अन्य विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

उनको यो भ्रमण कार्यक्रममा बंगलादेशमा छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने र भुटान र भारतको भ्रमण गर्ने कार्यक्रम पनि समावेश छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्