निर्माणाधीन भाटभटेनी कम्प्लेक्सको खाल्डोमा शव


 


sabकाठमाडौं,कात्तिक ३०

मापदन्डविपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा शंकास्पद अवस्थामा मंगलबार एक किशोरको शव भेटिएको छ ।

निर्माण भइरहेको भवनको जग (हात्तीपाइले) राख्न बनाएको भवनको बीच खाल्डोमा जमेको पानीमा बर्दिया सूर्यपटुवा–१ घर भइ सोही कम्प्लेक्समा काम गर्दै आएका १८ वर्षीय विक्रम चौधरीको डुबेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

सिलबन्दी गरेकै भवनभित्र निर्माण पक्षले मापदन्डविपरीत भवन निर्माणको कामलाई निरन्तरता दिइरहेकैबेलामा कामदारको शव भेटिएको हो ।

भवनमा पानी हाल्दा करेन्ट सर्ट भएर वा अरू नै कारणले मृत्यु भएको हो वा हत्या भएको हो भन्नेबारेमा प्रहरीले मंगलबारैबाट अनुसन्धान अगाडि बढाएको उनले बताइन्

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्