अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन चैतमा


 


काठमाडौँ, कार्तिक ३०

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को २१ औँ राष्ट्रिय सम्मेलन आगामी चैत ३ गतेदेखि ७ गतेसम्म हुने भएकाे छ । यही कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा बसेको पदाधिकारीको बैठकले चैत ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हाे ।

क्रान्तिकारीले पहिलो पटक प्रत्यक्ष मतदानबाट नेतृत्व छान्ने निर्णय गरेको छ । २४३ केन्द्रीय कमिटीमा पाँच उपाध्यक्ष खुल्ला, चार उपाध्यक्ष समावेशी (छात्रा, जनजाति, मधेसी, दलित) र दुई जना उपाध्यक्ष मनोनित हुनेछन् ।

त्यस्तै सात प्रदेशबाट सात, समावेशी छ, विश्वविद्यालयबाट एक, खुल्ला दुई र मनोनित तीनसहित १९ जना सचिव र एक जना कोषाध्यक्ष चुनिने छन् । बैठकले केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला कोटा छुट्टाएको छ ।

यसैगरी क्रान्तिकारीले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारीलाई पनि सँगसँगै अघि बढाउने निर्णय गरेको छ । बैठकले राष्ट्रिय सम्मेलन, स्ववियु निर्वाचन र सङ्गठन सुदृढीकरणका लागि आगामी मङ्सिर ५ देखि पुस १५ गतेसम्म ‘क्रान्तिकारी विद्यार्थी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीकी सचिव सुनिता किराँतीले जानकारी दिर्इन ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्