पराजय भोगेपछि कर्नाटकका मुख्यमन्त्री बसवराजले दिए राजीनामा


 


एजेन्सी । कर्नाटक विधानसभा चुनावमा पराजित भएपछि राज्यका मुख्यमन्त्री तथा भाजपा नेता बसवराज बोम्मईले राजीनामा दिएका छन् ।

उनले बेंगलुरुमा राज्यपाल थावर चन्द गहलोतलाई शनिबार राति राजीनामा बुझाएका हुन् । राजीनामा दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बसवराज बोम्माईले समय मागेर आफूले गभर्नरलाई राजीनामा बुझाएको बताए ।

उनको राजीनामा स्वीकृत समेत भइसकेको छ । उनले यो निर्वाचनमा पराजयको जिम्मेवारी आफूले लिने बताएका छन् ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्