नियमित खोपबाट वञ्चित बालबालिकालाई आज खोप लगाइँदै
काठमाडौं, वैशाख ३१
आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख १५ गते नियमित खोप दिइएको थियो । तर छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदै छ ।
मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ ।
प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार