नेपालले जित्याे साेलिडारिटी कपकाे उपाधि


 


nepali football teamकाठमाडाैं, कार्तिक ३०

एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जितेकाे छ । फाइनलमा नेपालले मकाउलार्इ हराउँदै  उपाधि चुमेकाे हाे । मलेसियाको कुन्चिङमा भएकाे फाइनल खेलमा २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका हुन् । भरत खड्काको क्रस पासमा सुजलले हेडमार्फत गोल गरेका थिए ।

एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेर नेपाली टिमले नयाँ इतिहास बनाएको छ । नेपाली राष्ट्रिय फुटबल टिमले एसियाली फुटबल महासंघ एएफसीको प्रतियोगितामा पहिलो पटक उपाधी जितेको हो ।

नेपाली टोलीले सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा ३–० ले हराएर फाइनलमा स्थान बनाएको थियो । यस्तै मकाउले सेमिफाइनलमा ब्रुनाइलाई टाइब्रेकरमा हराएको थियो ।

प्रतियोगिताको उपाधी जितेसँगै नेपाली फुटबल इतिहासमा नयाँ अध्याय सुरु भएको छ । गएको माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप उचालेको नेपालले त्यसको एक महिनापनि नबित्दै भारतको गुवाहाटीमा सागको फुटबलमा स्वर्ण पदक जितेको थियो । त्यसैले आजको खेल जितेर नेपालले उपाधिको ह्याट्रिक गरेको छ ।

 

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्