बिजुक्छे भन्छन् अब सरकार ढल्छ


 


narayan-man-bijukche-2काठमाडौं,कात्तिक ३०

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब छिट्टै सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

आज रफत सन्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भारतकै इशारामा संविधान संशोधनका लागि वर्तमान सरकार बनेको दाबी पनि गरे ।

उनले नेपाली कांग्रेस नयाँ सत्ता समीकरणमा लागेको जिकिर गरे । तत्काल कांग्रेसले आफ्नो नेतृत्वमाभन्दा पनि नेकपा एमालेकै नेतृत्वमा सरकार बनाउनसक्ने उनको भनाइ थियो । त्यसको लागि बामदेव गौतमलाई अघि सारिने उनले जिकिर गरे ।

भारतले संविधान संशोधनलाई सफल पार्न लोकमान प्रकरण रचेको भन्दै बिजुक्छेले ठूला नेताहरु नै जेल जाने अवस्था आएपछि लोकमान प्रकरण बाहिर आएको दाबी पनि गरे ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्