भारतको अमृतसरमा विस्फोट, पाँच जना पक्राउ


 


पञ्जाब । भारतको अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै विस्फोट भएको छ । विस्फोटमा संलग्न भएको आरोपमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ।

पञ्जाबका प्रहरी महानिदेशक (डीजीपी) गौरव यादवले घटनामा संलग्न पाँच जनालाई गिरफ्तार गरेर मुद्दा चलाएको बताएका छन् । बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै विस्फोट भएको आवाज सुनिएको थियो ।

पञ्जाब प्रहरी स्रोतका अनुसार विष्फोटको उद्देश्य शान्ति खलल पार्ने थियो। यद्यपि घटनामा कुनै मानवीय क्षति भने भएको छैन । श्री गुरु राम दास निवास सबैभन्दा पुरानो ‘सराई’ (लज) हो।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्