एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेण्डा


 


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठक आजदेखि सुरू हुँदैछ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० विषयमा छलफल हुने कार्यसूची छ।

बैठकमा केन्द्रीय कमिटीका ३३५ (दुई निलम्बित) सदस्य, चार केन्द्रीय निकायका अध्यक्ष र नौ प्रदेश कमिटी अध्यक्ष (दुई गैर भौगोलिक) सहभागी हुनेछन्। बैठक वैशाख ३० गतेसम्म चल्ने पार्टीका प्रचार विभागका उपप्रमुख रिजालले जानकारी दिए ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्