कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्नसक्ने


 


काठमाडौ, वैशाख २८
नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक आज बस्दै छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको हो ।

पार्टीका सांसद तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि बुधबार साँझ सभापति शेरबहादुर देउवाले बोलाएको बैठक कुनै ठोस निर्णय नगरी टुंगिएको थियो ।

बैठकमा महामन्त्रीहरुले नक्कली शर्णार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई निलम्बन गर्न माग गरेका थिए । आजको बैठकमा पनि नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका छन् ।

तर सभापति देउवा भने मौन देखिएका थिए। कांग्रेसले तत्कालै कुनै कारबाही नगर्ने भएको छ। देउवा पक्षले प्रमाणित नभई कुनै कदम चाल्न नहुने भन्दै बचाउ गरेको थियो । आजको बैठकले खाँणबारे ठोस निर्णय लिनसक्ने बताइएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्