कांग्रेस बैठक : खाँणलाई निलम्बन गर्ने कि नगर्ने ? महामन्त्री द्वय एकमत


 


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे कांग्रेस बैठकमा छलफल भएको छ ।

खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएर खाँणलाई निलम्बन गर्ने वा नगर्ने विषयमा छलफल गरेका हुन् । यद्यपि यस विषयमा बैठकमा सहमति नजुटेको बताइएको छ । बैठक पुनः बिहीबार बैठक बस्ने गरी बुधबारको बैठक सकिएको छ ।

बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा भने खाँणलाई निलम्बन गर्नुपर्नेमा एकमत देखिएका छन् । यस विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुनः छलफल गर्ने तय भएको बताइएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्