चितवन मेडिकल कलेजमा अध्ययनरत छात्रा मृत फेला, शिक्षकले तनाव दिएको आरोप
काठमाडौं । चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्रा आफ्नै कोठमा मृत अवस्थामा फेला परेकी छिन्। चितवन मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत २३ वर्षीया सिम्रन थापा कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
पाल्पा रामपुर नगरपालिका– ४ घर भई अहिले कास्की पोखरा बस्ने थापा भरतपुर–१ सप्तगण्डकी चोक स्थित आफू बस्ने कोठामा सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी हुन्।
विद्यार्थीहरूले भने परीक्षाहलमा सम्मिलित शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएर निकालेको र तत्पश्चात् उनले आत्महत्या गरेको आरोप लगाउँदै विद्यार्थी संघर्ष समितिमार्फत आन्दोलनमा उत्रिएका छन्।
विद्यार्थीहरूले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।
प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार