भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि भएपछि आरजुले चालिन् यस्तो कदम


 


काठमाडौं । कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई पनि मुछिएर अडियो सार्वजनिक भएपछि नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा लिखित उजुरी दिँदै उनले अडिओको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी हुन् ।

‘विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडिओबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस्,’ उजुरीमा भनिएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्