नक्कली भुटानी शरणार्थी प्रकरण : तीन शीर्ष नेताबीच अनुसन्धानमा ‘डिस्टर्ब’ नगर्ने सहमति


 


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरुबीच प्रहरीलाई अनुसन्धानमा ‘डिष्टर्ब’ नगर्ने सहमति भएको छ ।

आज अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धानलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको हो ।

शीर्ष नेताबीच अनुसन्धानलाई प्रभावित नबनाउने निर्णय भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । उनले मिडियामा आए जस्तो शंका गर्ने ठाउँ नभएको बताए । उनले सदनलाई कसरी अघि बढाउने, संसदीय समिति कसरी बनाउने लगातयतका विषयमा पनि शीर्ष नेताहरुबीच छलफल भएको बताए ।

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्