संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै


 


काठमाडौं, वैशाख २६
संघीय संसदको दुवै सदनका बैठक मंगलबार पनि बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आ.व. २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । सोमबारबाट सुरू भएको
बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरुले बोल्ने क्रम नसकिएकाले मंगलबार पनि सोही विषयमा छलफल हुनेछ ।

वैशाख २७ गते भने सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरूले संसदमा उठाएका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा जवाफ दिनुहुनेछ कार्यक्रम छ ।

प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्