ढाकाकुमार भन्छन् – म एउटा सोझो नेवारको छोरालाई नियोजित रुपमा फसाइयो


 


काठमाडौं, वैशाख २६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठले सत्य शाश्वत हुने भन्दै त्यसमा बोलिरहनु नपर्ने टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले सांसद पद खारेज गर्ने रास्वपाको निर्णयमाथि सोमबार अल्पकालीन अन्तरिम आदेश गरेसँगै श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । उनले असत्यले केही समय भ्रम छरे पनि बिस्तारै सत्यले त्यो भ्रम तोड्दै जाने बताए । फोहोरी राजनीतिलाई सफा गरौँ भन्ने संकल्पले रास्वपासँग जोडिएपनि आफूमाथि षडयन्त्र भएको उनको भनाइ छ ।

जसको कोही हुँदैन उसको साथमा भगवान हुन्छन् भन्ने सन्देश अदालतको आदेशले दिएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

‘म भर्खरै राजनितीमा आफ्नो भविष्य खोज्दै गरेको यूवालाई जसरी कलिलो मुनामै निमुठ्ने कोशिस गरियो यो राष्ट्रका लागी र भावी यूवा पुस्ता जो राजनितीमा आउन चाहन्छन उनका लागी पनि एउटा दुखद सन्देश हो । जस्को कोही पनि हुदैन उस्को साथमा भगवान हुन्छन । जव दुनिया नै तपाईको बिरुद्धमा लाग्छ तव तपाई सही मार्गमा हुनुहुन्छ भनेर बुझ्नुहोस,’ उनले उल्लेख गरेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद पदबाट हटाएको थियो ।

प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्