संघीय संसद: दुवै सदनकाे बैठक आज पनि बस्दै


 


काठमाडौं, वैशाख २५
संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार पनि बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने भएकाे हाे। संसदमा साेमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको संसद सचिवालयले जनाएकाे छ ।

साेमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रि-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ । प्रतिनिधि सभाको बजेट अधिवेशन सुरु भएको पहिलो दिन आइतबार अर्थमन्त्री महतले आगामी वर्षकाे बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएकाे थियाे । साेमबारदेखि त्यसैमा छलफल हुन लागेको हो ।

प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि आगामी जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्