महिला क्रिकेट टोलीका प्रशिक्षक बस्न्यातमाथि दुर्व्यवहारको आरोप


 


काठमाडाैं, कार्तिक ३०

गत महिना हङकङमा सम्पन्न महिना विश्वकपको एशियाली छनौट प्रतियोगिताका क्रममा प्रशिक्षक राजु बस्न्यातले आफुहरुमाथि दुर्व्यवहार गरेको आरोप राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यहरुले लगाएका छन् ।

टोलीका सिनियर खेलाडीहरुले राष्ट्रय खेलकुद परिषद (राखेप) मा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । प्रशिक्षक बस्न्यातले भने खेलाडीमाथि आफुले कुनै गलत व्यवहार नगरेको बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

खेलाडीको उजुरीमा राखेपसँगै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले समेत चासो ब्यक्त गरेको छ ।

सोमबार नेपाल आइपुगेका आइसीसीका नेपाल प्रतिनिधि अमिर शेखले खटनाबारे राखेप सदस्यसचिव केशवकुमार बिष्टसँग टेलिफोनमा कुरा गरेका छन् ।

सदस्य सचिव विष्टले पनि अमरले फोन गरेको र उनलाई घटना गम्भीर हुनसक्ने जानकारी गराएको बताए ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्