पूर्वी चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु


 


एजेन्सी, वैशाख १८
पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा स्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

एक जना अझै बेपत्ता छन् । खोजी र उद्धार प्रयास जारी छ। घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्