लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ : केपी ओली


 


काठमाडौं, वैशाख २२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताएका छन् ।

बुद्धजयन्तीको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको बताए ।

ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुऱ्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउने घोषणा गरेको स्मरण गरेका छन् ।

अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भएको ओलीको भनाई छ ।

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्