आज बैशाख २२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० साल बैशाख २२ गते शुक्रबारको राशिफल ।

मेष

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

मिथुन

अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध बलियो र सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

तुला

लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । यात्रा गर्दा पनि सचेत हुनुपर्छ, तर साँझमा भने कुनै कुराले मन खुसी हुन्छ ।

धनु

साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

कुम्भ

आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

बृष

आज नयाँ कार्य प्राप्तिको योग छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला पनि मिल्नेछ ।

कर्कट

एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नजिकै घुम्न पनि पाइनेछ ।

कन्या

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पारिवारिक सद्भाव बढ्नेछ, तर शेयर बजारमा भने नोक्सानी नै रहला ।

बृश्चिक

नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मकर

गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला ।

मीन

आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्