पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ


 


काठमाडौं, वैशाख २१
पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । स्रोतका अनुसार अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझी माथि छ ।

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिव समेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।

यस्तै रायमाझीका छोरा सन्दीप भने बुधबार साँझ पक्राउ परेका थिए । उनलाई आज अदालतमा पेस गर्ने तयारी छ ।

प्रकाशित मिति: २१ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्