अयोग्य लडाकुलाई २ लाख दिने निर्णय आफ्नो नभएकाे प्रधानमन्त्री दाहालकाे दावी


 


काठमाडौं, वैशाख १८
प्रधानमन्त्री पुष्पकमल दाहालले अयोग्य लडाकुलाई २ लाख रूपैयाँ दिने निर्णय आफ्नो नभएको दावी गर्नुभएकाे छ ।

सोमबार बिहान चितवनमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । प्रधानमन्त्री दाहालले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेको बताउनुभयाे । अहिले आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको उहाँकाे दावी छ।

२०७१ सालमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय कार्यान्वयन पनि भएको उहाँकाे भनाइ थियाे। त्यो विषय अदालतसम्म पुगेको र अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि पैसा दिने प्रक्रिया रोकिएको उहाँले बताउनुभयाे । उहाँले आफू प्रधानमन्त्री हुनुभन्दा केहीअघि पुनः अदालतले नरोक्न भनेपछि अयोग्य लडाकुलाई पैसा दिने निर्णय गरेको बताउनुभयाे ।

अहिले आफूले गरेको निर्णय भनिएर जसरी प्रचार गरिएको कुरा विल्कुल झुटो भएकाे उहाँले बताउनुभयाे । अदालतको फैसलालाई आधार बनाएर यो निर्णय कार्यान्वयन गरेको प्रधानमन्त्री दाहालले बताउनुभयाे ।

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्