ओलीमाथिको आक्रमणलाई सरकारले गम्भीरतापूर्वक लिएको छ : प्रधानमन्त्री प्रचण्ड


 


चितवन, वैशाख १८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली लक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको बताएका छन् ।

सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुटो कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले सरकार पाँचै वर्ष टिक्ने बताउँदै सरकारको भविष्यलाई लिएर भएका चर्चा भ्रमपूर्ण रहेको बताए। यस्तै, प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको दाबी गरेका छन्।

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्