रविलाई प्रचण्डको आग्रह – सरकारमा आउनुस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु


 


काठमाडौं, वैशाख १८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आह्वान गरेका छन् ।

सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा आउन आह्वान गरेका हुन् ।

उनले रास्वपा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताए । ‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुप¥यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको उनको भनाई छ ।

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्