गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मूख्यमन्त्रीहरुले आज सपथ लिँदै
काठमाडौं, वैशाख १५
गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले शुक्रबार शपथ ग्रहण गर्ने भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्रीसँगै तीन जना मन्त्रीले पनि शपथ लिने बुझिएको छ । माओवादीबाट एक जना र साना दलहरुको तर्फबाट दुई जनालाई सपथ गराइने बुझिएको छ ।
यस्तै, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिने कार्यक्रम छ ।
मुख्यमन्त्रीसँगै केही मन्त्रीको पनि शपथ हुने बुझिएको छ । मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले सबै मन्त्रीहरुको सपथ नहुने बताइएको छ ।
प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार