गाँजा तस्करीको आरोपमा एक जनालाई दिइयो मृत्युदण्ड


 


एजेन्सी, वैशाख १३
सिंगापुरमा गाँजा तस्करीको आरोप लागेका एक जनालाई मृत्युदण्ड दिईएको छ ।

तङ्गराजु सुपिया नाम गरेका ४६ वर्षीय पुरुषलाई बुधबार बिहान चङ्गी कारागारमा झुण्ड्याएर मृत्युदण्ड दिइएको हो ।

उनको परिवार, मानव अधिकारकर्मीहरु र संयुक्त राष्ट्रसंघले समेत मृत्युदण्ड नदिनका लागि गरेको आग्रहको बेवास्ता गर्दै उनलाई बुधबार बिहानै झुण्ड्याइएको हो ।

अधिकारकर्मीहरुले उनीमाथि लागेको आरोप कमजोर रहेको र उनलाई आवश्यक कानुनी सहायताबाट बञ्चित गरिएको बताएका छन् । परिवारजनले आफूहरुका कैयौं अनुत्तरित प्रश्नहरुको जवाफ नपाएको गुनासो गरेका छन् । तर, सिंगापुरका अधिकारीहरुले भने पर्याप्त प्रक्रिया अवलम्वन गरिएको दाबी गरेका छन् ।

त्यहाँको अदालतले मंगलबार अधिकारकर्मी तथा तङ्गराजुको परिवारबाट अन्तिम अवसरका लागि गरेको अनुरोध अस्वीकार गर्दै मृत्युदण्डको सजाय दोहोर्‍याएको थियो ।

मृत्युदण्डको राष्ट्रसंघसहित विश्वभरका अधिकारकर्मीले भत्र्सना गरेका छन् । विश्वमै लागू औषध सम्बन्धी कठोर कानुन रहेको सिंगापुरमा गत वर्ष ११ जनालाई मृत्युदण्ड दिईको थियो ।

विश्वका थुप्रै देशहरुले गाँजामाथिको प्रतिबन्ध हटाउँदै गएको बेला सिंगापुरले मृत्युदण्ड दिँदा सिंगापुरको ब्यापक आलोचना भएको हो ।

प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्