चितवन–२ मा भारी मतान्तरसहित रवि लामिछाने फेरि निर्वाचित


 


चितवन, वैशाख १२
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विजयी भएका छन् ।

लामिछाने ५४ हजार १७६ मतसहित विजयी भएका हुन्। लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् ।

चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए ।

यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।

यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवन–२ मा कुल ७८ हजार २७७ मत खसेको थियो ।

प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्