चितवन-२ मा रवि लामिछानेको जित पक्का


 


काठमाडौं, वैशाख १२
प्रतिनिधि सभा अन्तर्गत आइतबार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ ।

करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजार ४ सय १७ मत अन्तरले अगाडि हुनुहुन्छ ।

ताजा अवस्थामा लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत प्राप्त गर्नुभएको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरी विजयी भएका थिए । उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्