चितवन २ : रवि अघि अघि, अरु पछि पछि-कसको मत कति ?
काठमाडौं, बैशाख ११
चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३६०२ मतका साथ अग्रता बनाएका छन् ।
जारी मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले २०८२ मतका साथ रविलाई पछ्याइरहेका छन् भने कांग्रेसका जित नारायण श्रेष्ठ १४४९ मतका साथ तेस्रो स्थानमा छन् ।
स्वतन्त्र उम्मेदवारहरु सन्तोष थापा, नारा प्रसाद पौडेल, मोजराज बगाले र रामकृष्ण ओझाले १ मत पनि पाउन सकेका छैनन् ।
प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार