तनहुँ क्षेत्र नंम्बर १ : १६ हजार मत गन्दा स्वर्णिम झण्डै तेब्बर मतले अगाडि


 


तनहुँ, वैशाख ११
प्रतिनिधिसभा सदस्यका लागि तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो अपडेट अनुसार १६ हजार ३४२ मतगणना सम्पन्न भएको छ ।

मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा स्वर्णिम वाग्लेले झण्डै तेब्बर मतले अग्रता लिएका छन्। गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदा वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्