चितवन र बारामा मतगणना सुरु हुन सकेन


 


तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत हिजो सम्पन्न चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा अहिलेसम्म मतगणना सुरु भएको छैन ।

यता, तनहुँ क्षेत्र नम्बर १मा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ५९०० मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २६८७ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६५७ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्