खलिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ


 


नयाँ दिल्ली, वैशाख १०
खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपालमा गिरफतार गरेको हो ।

पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।

पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ । ‘अमृत पाल सिंह पञ्जाबको मागवाट गिरफतारमा परेका छन, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’ पञ्जाब प्रहरीले भनेको छ ।

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने पञ्जाबमा नै पक्राउ परेका हुन ।

प्रकाशित मिति: १० बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्