आईपीएल : चेन्नईसँग हैदराबाद सात विकेटले पराजित
काठमाडौं, वैशाख ९
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।
गएराति चेन्नईमा भएको खेलमा घरेलु टोली चेन्नई ७ विकेटले विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
जितसँगै चेन्नईको ६ खेलमा ८ अङ्क भएको छ । चेन्नई तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ४ अङ्क रहेको हैदराबाद नवौँ स्थानमा छ ।
प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार