उपनिर्वाचन : सुरु भयो मौन अवधि, के-के गर्न पाइँदैन ?


 


काठमाडौं, वैशाख ८
बारा २, चितवन २ र तनहुँ १ मा पर्सि १० गते हुने उपचुनावका लागि मौन अवधि सुरु भएको छ ।

गएराति १२ बजेदेखि सुरु भएको मौन अवधि मतदान नसकिएसम्म कायम रहनेछ । यस अवधिमा चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचार प्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने आयोगको आचार संहितामा उल्लेख छ।

निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्