उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि


 


काठमाडौं, वैशाख ७
उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको हो ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन ।

आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएसँगै राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्