बालुवाटारमा गोली चल्दा वर्षामान पुनकी आमा घाइते
काठमाडौं, बैशाख २
काठमाडौंको भिभिआइपी एरिया बालुवाटारमा गोली चलेको छ । शुक्रबार राति साढे ९ बजेतिर माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।
उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको उनको खुट्टामा गोली लागेको छ ।
गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार