एमाले अध्यक्ष ओलीले भने – निजी स्वार्थका लागि राष्ट्रिय हितमाथि प्रहार भइरहेको छ


 


काठमाडौं, वैशाख १
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी स्वार्थका लागि राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको बताएका छन्।

नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्न प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ।

राष्ट्रिय हितलाई तिलाञ्जलि दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ ।’

अध्यक्ष ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताए।

अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको पनि उल्लेख गरे।

प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्